Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

तारकेश्वरमा फेरि भेटियो बर्ड फ्लू, नष्ट गरियो साढे १२ हजार बढी कुखुरा

तारकेश्वरमा फेरि भेटियो बर्ड फ्लू, नष्ट गरियो साढे १२ हजार बढी कुखुरा


  • 5.5K
    Shares

    • images
    तारकेश्वरमा फेरि भेटियो बर्ड फ्लू, नष्ट गरियो साढे १२ हजार बढी कुखुरा

    काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा  फेरि बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु रोग (एच५एन८) पुष्टि भएको छ । 

    एक महिनादेखि काठमाडौंको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षत्रेमा बर्ड फ्लु भेटिँदै आएको छ ।

    तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइन् ।

    रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जानकारी दिएको छ ।

    ppp.jpg

     

     

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - १२:२३:४४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij