Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एक घण्टा पनि टिकेन सहमति- प्रधानमन्त्रीको प्रेस सल्लाहकार हटाउनुपर्ने, श्रेष्ठले माफी माग्नुपर्ने ओलीको शर्त

एक घण्टा पनि टिकेन सहमति- प्रधानमन्त्रीको प्रेस सल्लाहकार हटाउनुपर्ने, श्रेष्ठले माफी माग्नुपर्ने ओलीको शर्त


  • 3.8K
    Shares

    एक घण्टा पनि टिकेन सहमति- प्रधानमन्त्रीको प्रेस सल्लाहकार हटाउनुपर्ने, श्रेष्ठले माफी माग्नुपर्ने ओलीको शर्त

    काठमाडौँ । अवरुद्ध सदन खुलाउनेबारे सिंहदरबारमा आइतबार भएको प्रमुख तीन दलका शीर्ष नेताबीचको सहमति एक घण्टा पनि टिकेन । आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको छलफलमा एमालेले संसद्को अवरोध हटाउने र प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो । 

    सोही सहमति अनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । तर सिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओली ‘यूटर्न’ भएको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । 

    ‘सिंहदरबारमा सहमति गरेर निस्केको आधा घण्टापछि ओलीले फोन गरेर ‘भएन’ है भने । भएन भनेपछि उनले संसद् अवरोध गर्ने नै देखियो, त्यसैले आइतबारको बैठक स्थगित भएको हो’, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने । 

    स्रोतका अनुसार सिंहदरबारबाट सहमति गरेर निस्केको आधा घण्टामै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका थिए । ‘प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्ति र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेको विषयमा अड्को थाप्नुभयो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ‘यो त अति भयो ।’

    press note.jpg

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - १६:२५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij