२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौँ । सत्तारुढ नेकपाको प्रचण्ड(माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा मिडियामा आएका समाचार तथा टिप्पणीहरुबाट नबुझ्न अपिल गरेका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गर्ने तर, त्यसमा सकारात्मक सन्देश वा शिक्षा छन् भनेमात्र त्यसलाई ग्रहण गर्नका लागि सबैमा अपिल गरेका छन् ।
श्रेष्ठले लेखेका छन्, "सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौँ ।"
उनले थप लेखेका छन्, "हामी उहाँहरुको दृष्टिकोण, धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौँ र उचित पनि हुँदैन । तर, पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझौँ ।"

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij