Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो

प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो


  • 2.0K
    Shares

    प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । यससँगै प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ । 

    शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गर्दै बैठक दुई घण्टा परा सार्न आग्रह गरेका थिए । 

    सो क्रममा सभामुख घिमिरेले  तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न सकोस् भनी शुभकामना समेत दिएका थिए । 

    अवरुद्ध सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचडसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ । 

     

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - १२:०१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij