Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ललिता निवास प्रकरणबारे गृहमन्त्री श्रेष्ठ भन्छन्- कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने भनेर सोध्नुपर्दैन, अगाडि बढ्नुस्

ललिता निवास प्रकरणबारे गृहमन्त्री श्रेष्ठ भन्छन्- कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने भनेर सोध्नुपर्दैन, अगाडि बढ्नुस्


  • 2.8K
    Shares

    ललिता निवास प्रकरणबारे गृहमन्त्री श्रेष्ठ भन्छन्- कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने भनेर सोध्नुपर्दैन, अगाडि बढ्नुस्

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढ्ने बताएका छन् ।

    अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किन् र निर्दोष नफसुन् भनेर निर्देशन दिइएको उनले जानकारी दिए । आज एक कार्यक्रममा मन्त्री श्रेष्ठले अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने भनेर प्रहरीलाई भनेको बताए ।

    ‘कानुनको दायरामा ल्याउने काममा निर्भिकतापूर्वक अगाडि बढ्नुपर्छ । व्यक्तिको बारेमा सोच्नुपर्दैन । गो अहेड भनिएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘पुलिसलाई भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस् ।’

    एउटा–एउटा केसमा र एउटा–एउटा व्यक्तिको बारेमा निर्देशन नदिने बताउँदै उनले भने, ‘कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने, अनुसन्धान गर्ने कि नगर्ने भनेर निर्देशन नपठाउन र जो अपराध छ, दुष्कर्म छ, ठगी छ, ती सब गतिविधिहरुका विरुद्ध अगाडि बढ्नुस्, स्वच्छ अनुसन्धान गर्नुस्, गम्भीर अनुसन्धान गर्नुस्, जो दोषी छ, तथ्य र प्रमाणले पुष्टि गर्छ तिनलाई कानुनको दायरामा ल्याउनुस् । यसमा सोध्नुपर्दैन ।’

     

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १२:४४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij