Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

भाजपाको निमन्त्रणामा  नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भारत जाने

भाजपाको निमन्त्रणामा  नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भारत जाने


  • 2.1K
    Shares

    भाजपाको निमन्त्रणामा  नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भारत जाने

    काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भारतीय जनता पार्टी को निमन्त्रणामा भारत भ्रमणमा जाने भएका हुन्।

    पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेका हुन्। भारतीय जनता पार्टीले भाजपालाई जान्नुस्  अभियान सञ्चालन गरिरहेको छ। सोही अभियान अन्तर्गत भाजपाले नेपालबाट माओवादी केन्द्रका नेताहरू र बंगलादेशबाट सत्तारुढ दल अवामी लिगका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेको छ।

    भारत बसाईका क्रममा माओवादी केन्द्रका नेताहरूले अध्यक्ष नड्डासहित भाजपाका शीर्ष नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्। मिति सार्वजनिक नभए पनि उनीहरू छिट्टै भारत भ्रमणमा जाने माओवादी केन्द्रका एक नेताले बताए।

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - १७:०५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij