२०८२ माघ ११ गते आइतवार
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका छन् ।
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्यतामा रहेका ओलीले यसैबारे छलफलका लागि गएको बुझिएको छ । भेटनमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
अदालतको उक्त आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले संसद बैठक बोलाउने निर्णय पनि गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij