Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुई बिमासहित पाँच वटा कम्पनीलाई आइपीओ निष्कासनको अनुमति, ५ अर्ब ५२ करोडको सेयर जारी हुँदै

दुई बिमासहित पाँच वटा कम्पनीलाई आइपीओ निष्कासनको अनुमति, ५ अर्ब ५२ करोडको सेयर जारी हुँदै


  • 2.4K
    Shares

    दुई बिमासहित पाँच वटा कम्पनीलाई आइपीओ निष्कासनको अनुमति, ५ अर्ब ५२ करोडको सेयर जारी हुँदै

    काठमाडौँ । दुई बिमासहित पाँच वटा कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गर्न अनुमति प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर लिमिटेड र माण्डू हाइड्रोपावर लिमिटेडलाई सेयर निष्कासन अनुमति दिएको हो।

    यी कम्पनीहरुले कुल ५ अर्ब ५२ करोड ४७ लाख २ हजार २२० रुपैयाँ बराबरको २ करोड ६९ लाख ८ हजार १७० कित्ता आइपीओ निष्कासन गर्ने छन् ।

    सन नेपाल लाइफले पनि प्रिमियम मूल्यमा नै आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँमा ९६ लाख कित्ता सेयर जारी गर्ने अनुमति पाएको हो। उक्त सेयरमध्ये कर्मचारीका लागि कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा नै ४ लाख ८० हजार कित्ता सेयर बिक्री गर्ने छ।

    यस्तै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पनि कर्मचारीहरुलाई अंकित मूल्यमा नै साधारण सेयर बिक्री गर्ने भएको छ। बोर्डबाट आइपीओ निष्कासनको स्वीकृति पाएको सो कम्पनीले कर्मचारीहरुका लागि ५ लाख ६२ हजार ५०० कित्ता सेयर १०० रुपैयाँमा बिक्री गर्ने छ।

    कम्पनीले बोर्डबाट १ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन स्वीकृति पाएको छ। कर्मचारी बाहेक अन्य सर्वसाधारणलाई भने अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरि २४४ रुपैयाँका दरले सेयर बिक्री गर्ने छ।

    यस्तै हावथे इन्भेष्टमेन्ट कम्पनीले प्रति कित्ता ५० रुपैयाँका दरले सेयर २९ लाख २५ हजार कित्ता साधारण सेयर बिक्री गर्ने स्वीकृति पाएको छ। मिड सोलु हाइड्रोपावरले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले १४ लाख ९६ हजार ८०० कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ।

    माण्डू हाइड्रोपावरले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा १०६ रुपैयाँ थप गरेर २०६ रुपैयाँका दरले १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ निष्कासनको स्वीकृति पाएको छ।

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - १४:१३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij