२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १२ फागुनमा राजधानीमा आयोजित सोयल डिजिटल म्याप सार्वजनिक कार्यक्रममा वैज्ञानिकहरुलाई कृषिसम्बन्धी कथा सुनाए ।
कृषि अनुसन्धान परिषद् (नार्क)ले माटोको मापन परिक्षण गर्न सञ्चालनमा ल्याएको अनलाइन प्रणालीको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित वैज्ञानिकतिर हेर्दै धानको कथा सुनाएका थिए । प्रधानमन्त्री ओलीले धानका कथा सुनाउँदा वैज्ञानिकहरु भने मुखामुख गरेर हाँसिरहे ।
प्रधानमन्त्री ओलीले उदघाटन कार्यक्रमपछि मन्तव्य राख्ने क्रममा नार्कका २ दर्जनभन्दा धेरै वैज्ञानिकलाई छोटो–लामो कथा सुनाए । प्रधानमन्त्रीले नार्कका वैज्ञानिकलाई चामलबारे धेरै समय लिएर चर्चा गरे । 
 
नेपाली समाजमा लामो चामलको भातको सिता मन पर्छ । नेपाली मन पराउने चामलको सितामा अलिकति जिरा हालेर बनाएको टमाटरको अचारसँग भात खाँदा शान हुने प्रधानमन्त्रीले ठटौली पारामा चर्चा गरे ।
‘नेपालमा पाइने मसिनो चामलभित्र महत्वपुर्ण अर्थसँगै प्रविधिको प्रयोग गरेको चामल बनाएको हुन्छ । मशिना बनाएका लामो चामल थोत्रो मात्र होइन पुरानो हो’ प्रधानमन्त्रीले थपे, ुलामो र पातलो चामल पुरानो थोत्रो चामल हो । यसलाई नयाँ ढंगले बनाउनुपर्छ । नेपालमा पाइने विभिन्न प्रकारका चामलका बारेमा धर्म र शास्त्रमा समेत प्रष्ट खुलाइएको छ ।’
यसरी प्रधानमन्त्री ओली धान र चामलका बारेमा उदाहरणसहित कथा सुनाउँदा कार्यक्रमको मञ्च अगाडी बसेका कृषि विज्ञसँगै वैज्ञानिकहरु भने ट्वा परेर भाषण सुनिरहे । प्रधानमन्त्री ओलीले धानबाली बिहान सूर्य उदाउँदा कता फर्किन्छ र बेलुका घाम अस्ताउँदा कतातिर फर्किएको हुन्छ भनेर पनि उदाहरण दिए ।
प्रधानमन्त्री ओलीले वैज्ञानिक र कृषिविज्ञतिर हेदै भने, ‘चामल चाँही कसरी भयो एक इन्चको रु कुनै धानको चामल देख्नु भएको छ एक इन्च लामो’ फेरी उनले दोहोरयाए, ‘भरे घरमा गएर चामलको आकार र लम्बाइ हेर्नुहोस । लामो चामलमा खाद्य पोषक तत्वसमेत हुँदै हुदैन । भरे गएर घरमा परिवारसँग सल्लाह गर्नुस, खान छाड्ने पक्षमा पुग्नुहुन्छ ।’
धेरै धर्मशास्त्रमा पहिलो वर्षको अन्न बीउ प्रयोग गर्न जोगाउनु भनेको प्रष्ट लेखेको प्रधानमन्त्रीले बताए । शास्त्रमा दोस्रो वर्ष उत्पादन भएको अन्न भने खानाका लागि प्रयोग गरिन्छ र त्यसमा धेरै पौष्टिक तत्व हुने ओलीले वैज्ञानिकअघि दाबी गरे । साथै प्रधानमन्त्रीले तेस्रो वर्ष उत्पादन भएको अन्न होम, यज्ञधीमा धेरै प्रयोग गरिन्छ । किनकि यो वर्ष उत्पादन भएको अन्नमा पौष्टिकता धेरै कम हुन्छ भने शास्त्रमा उल्लेख छ ।
नेपालमा पञ्चम वर्षमा उत्पादन भएको चामल पेलेर लामो बनाएर धेरै खान्छौ भन्दै ओलीले यो स्वास्थ्यका लागि धोका भएको वैज्ञानिकका अघि बताए ।
प्रधानमन्त्री ओली वैज्ञानिकलाई यसरी कथा सुनाएको पहिलो पटक भन्ने होइन । उनले गत महिना राजधानीमा भएको कृषिको एक कार्यक्रममा कृषिविज्ञ र वैज्ञानिकहरुलाई हलो जुँवा, कोदालो र अन्य कृषिमा प्रयोग गरिने औजार यसरी उत्पति भएका हुनु भनेर कथा सुनाएका थिए ।
प्रधानमन्त्री ओली पछिल्लो समयमा कार्यक्रममा भाषण गर्दा उदाहरणका रुपमा शास्त्रलाई जोडेर उखानटुक्का सुनाउने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दै संविधान मिचेका थिए । प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै प्रधानमन्त्री ओलीले पहिलो सार्बजनिक कार्यक्रममा धानको कथा सुनाएका हुन्।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij