Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै


  • 2.1K
    Shares

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक/पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ ।

    पार्टीका एक उच्च नेताका अनुसार आज बुधबार दिउँसो १.३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक राख्दै छ । बैठक सिंहदरबारमा बस्नेछ ।

    ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ, यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको छ,’ एमालेका ती नेताले भने, ‘हामीले यसको विरोध गर्न बैठक डाकेका छौं । प्रधानमन्त्रीको यस्तो टिप्पणी हामीलाई सह्य हुँदैन ।’

    ती नेताले जानकारी दिए अनुसार कांग्रेस लगायत सत्ता साझेदारले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेका छन् । उनीहरुले सत्ता गठबन्धनभित्र यस अभिव्यक्तिबारे छलफल हुने प्रतिपक्षी एमालेलाई बताएका छन् ।

    भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।

     

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - १०:४७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij