Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पछिल्लो २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिए, ८४ डिस्चार्ज 

पछिल्लो २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिए, ८४ डिस्चार्ज 


  • 5.9K
    Shares

    • images
    पछिल्लो २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिए,  ८४  डिस्चार्ज 

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ८२ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ५३ हजार ६ सय ३६ पुगेको छ । 

    गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ७३ जना समावेश गरेको छ ।

    गत २४ घण्टामा ८४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १६:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij