२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । हालै घोषणा भएको समाजवादी मोर्चामा नसमेटिएको डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी तथा समूहसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणका लागि पहल गर्ने भएको छ । मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाएर अघि बढ्ने योजना समेत बनाइएको नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जनाएका छन् ।
विज्ञप्ति जारी गर्दै पाण्डेले ‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको जनाएका छन् ।
नेसपाले अग्रमागी शक्तिहरूको वृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता र त्यसका लागि आफू प्रयत्नशील रहनेसमेत बताएको छ ।
समाजवादी मोर्चाका सूत्रधार तथा नेसपाका अध्यक्ष बाबुराम भट्टराईको पार्टी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपा सामेल समाजवादी मोर्चामा अटाएका थिएनन् ।
चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij