२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा परेको रिट निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस प्रारम्भ भएको हो । उक्त मुद्दामा आजै फैसला आउने सम्भावना रहेको बताइएको छ । 075-WO-0517 नम्बरको सो मुद्दा २०७५।०८।२१ मा दर्ता भएको हो ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो । त्यसपछि ऋषि कट्टेलले नेकपा नाममा दावी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए ।
नामको विवाद टुंगो लागेपछि राजनीति पनि नयाँ शिराबाट अघि बढ्नेछ । मुद्दामा बहस भएसँगै नेकपा ओली समूहका कार्यकर्तामाझ नेकपा खारेज गरिदिए उदाउँदो सूर्य अगाडि बढाउन सकिने चर्चा चुलिएको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij