Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

भारतीय राजदूत देउवा भेट्न किन हान्निएर पुगे बुढानीलकण्ठ ? राजदूत फर्किए लगत्तै सुरु भयो बैठक 

भारतीय राजदूत देउवा भेट्न किन हान्निएर पुगे बुढानीलकण्ठ ? राजदूत फर्किए लगत्तै सुरु भयो बैठक 


  • 8.3K
    Shares

    भारतीय राजदूत देउवा भेट्न किन हान्निएर पुगे बुढानीलकण्ठ ? राजदूत फर्किए लगत्तै सुरु भयो बैठक 
    images

    काठमाडौं । हिजो बुधबार राजधानीको अनुपम फुडल्याण्डमा भेटेर कुराकानी गरेका भारतीय राजदूत विनयमोहन क्वात्रा काँग्रेस सभापति शेरबहादुर देउवासँग थप सल्लाह गर्न आज दिउँसो देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । संसद पुनः स्थापनापछिको राजनीतिक समीकरणबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक केहीबेरमा बस्दैछ । सभापति देउवा निवास बूढानीलकण्ठमा ३ बजेका लागि बैठक बोलाइएको थियो । राजदुत संग देउवाको वार्ता सकिएको छ । 

    प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक घटनाक्रमलाई केन्द्रविन्दुमा राखेर भएको राजदूत क्वात्राको दौडलाई राजनीतिक क्षेत्रमा निकै अर्थपूर्ण ठानिएको छ ।

    हिजो देउवासँगै राजदूतले उपसभापति विमलेन्द्र निधिसँग पनि भेट गरेका थिए । त्यसअघि जसपाका नेता महन्थ ठाकुरसँग लैनचौरस्थित दूतावासमै भेटेका थिए । बुधबार राती भारतीय दूतावासमा छिरेका दर्जनौं नेपाली सवारी साधनले पनि दक्षिणको चटारोलाई प्रमाणित गरेको बताइन्छ ।

    उता,नेपालको पछिल्लो राजनीतिक घटनालाई विश्लेषण गर्दै भारतीय राजनीतिज्ञ तथा अर्थविद् सुव्रमण्यम स्वामीले सर्वोच्चको फैसलापछि नेपालमा प्रजातन्त्र पुनवर्हाली हुने र मिलिजुली सरकार बन्ने संक्षिप्त विश्लेषणसहितको ट्वीट गरेका छन् । स्वामीले प्रधानमन्त्री ओलीले सत्ता सम्हालेदेखि नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको विगतलाई भारतीय संस्थापन पक्षले यतिखेर गतिलो पाठको रुपमा लिनुपर्ने उल्लेख गर्दै आफ्नो पछिल्लो कदमबाट ओली ‘घरको न घाटको’ अवस्थामा पुगेको समेत बताएका छन् ।

    ‘अझैपनि नेपालको विकसित राजनीतिक घटनाक्रममा चिनियाँ भूमिका रहने सम्भावना उल्लेख्य रहेकोले अहिलेको अवस्थामा सन्तुलन कायम राख्न भारतीयपक्षले जस्तोसुकै राजनीतिक कदम चाल्नुपर्ने’ स्वामीको ट्वीटमा उल्लेख छ । पूर्वमन्त्री स्वामी भारतीय राज्यसभाका सांसद हुन् । राजनीतिमा आउनुअघि उनी दिल्लीस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा गणितीय अर्थशास्त्रका प्राध्यापक थिए । स्वामी हिन्दू राष्ट्रवादमा पूर्ण विश्वास राख्ने केही भारतीय राजनीतिज्ञहरूमध्येका प्रमुख नेता हुन् ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १५:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij