Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

भारतीय राजदूत भेटेर मन्त्र लिए पछि ठाकुरको बढ्यो व्यस्तता, देउवा संग राजदूतले एक घण्टा एक्लै के-के गरे ?

भारतीय राजदूत भेटेर मन्त्र लिए पछि ठाकुरको बढ्यो व्यस्तता, देउवा संग राजदूतले एक घण्टा एक्लै के-के गरे ?


  • 7.2K
    Shares

    भारतीय राजदूत भेटेर मन्त्र लिए पछि ठाकुरको बढ्यो व्यस्तता, देउवा संग राजदूतले एक घण्टा एक्लै के-के गरे ?
    images

    काठमाडौं । दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी छिमेकी चीनका राजदूतको सक्रियता पछिल्ला दिनमा ह्वात्तै बढेको छ। सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी फैसलाले उत्पन्न गराएको विकसित राजनीतिक अवस्थाबारे प्रत्यक्ष बुझ्न दुबै छिमेकी देशका राजदूत कस्सिएका छन् ।

    यहि क्रममा मधेशवादी दल र नेपाली काङ्ग्रेसका नेताहरुलाई भारतले सबैभन्दा पहिलो लहरमा राखेको स्रोतको दाबी छ । त्यहि भएर राजपाका नेताहरु प्रचण्ड-माधव भेट्न पेरिस डांडा पुगे र सत्तासाझेदारीको कुरा गरे। 

    जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र श्रेष्ठ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न केही बेरअघि पेरिस डाँडा पुगेका छन् । सोही पार्टीका नेता उपेन्द्र यादव काठमाडौंमा नरहेको बुझिएको छ । डा. बाबुराम भट्टराई उपचारार्थ नयाँ दिल्लीमा छन्  ।

    ठाकुरले हिजो दिउँसो मात्र भारतीय राजदूत विनयमोहन क्वात्रासँग दूतावासमा गएर झण्डै दुई घण्टा वार्ता गर्नुभएको थियो । ठाकुरसँगको भेटपछि क्वात्राले हिजै काँग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधीलाई अनुपम फुडल्याण्डमा भेटेर कुरा बुझेका छन् र आबश्यक मन्त्र दिएका छन्  ।

    उता चिनियाँ राजदूत हौ यान्छी र अर्थमन्त्री तथा ओली समूहका महासचिव विष्णु पौडेलबीच पनि हिजै अर्थ मन्त्रालयमा भेट भएको मन्त्रालयका एक उपसचिवले बताएका छन्।

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १३:२२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij