२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) नेता एवं राज्य सभा सांसद सुव्रमण्यम स्वामीले नेपालको विकसित घटनाक्रमबाट भारतले चीनको प्रभावसँग लड्ने तरिका सिक्नुपर्ने बताएका छन् ।
आज विहिबार ट्वीटमार्फत उनले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम ‘न घर न घाटको भएको’ टिप्पणी समेत गरेका छन् ।

प्रधानमन्त्री मोदी निकट मानिने भारतको पूर्व केन्द्रिय मन्त्री समेत रहेका स्वामीले चिनियाँ प्रभावबाट जोगिन भारतले सन्तुलन मिलाउनुपर्ने खाँचो औंल्याएका छन् । उनले यसका लागि दक्ष राजनीतिज्ञ जरुरी भएको समेत उल्लेख गरेका छन् ।
नेपाल चाँडै लोकतन्त्रमा फर्कन सक्ने र संयुक्त सरकार बनाउन सक्ने आशा पनि स्वामी व्यक्त गरेका छन् । संसद विघटन गर्ने ओलीको कदमलाई अदालतले बदर गरेपछि स्वामीले स्वागतयोग्य भन्दै ट्वीट गरेका थिए ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij