२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेकपा एकताका लागि अभियान चलाउने भन्दै कुनै पनि खेमामा स्पष्ट रुपमा नलागेका उपाध्यक्ष बामदेव गौतमले पुष्पकलम दाहाल प्रचण्डसँग पार्टी एकताको सुनौलो जिम्मेवारी आएकाले त्यसलाई पूरा गर्न आग्रह गरेका छन् ।
गौतम र प्रचण्डबिच बिहीबार बिहान करिब पौने घण्टा भेटवार्ता भएको हो । सो भेटमा गौतमले प्रचण्डलाई पार्टी एकताको विकल्प नरहेकाले आफू एकताको पक्षमा उभिएको र अहिले सो जिम्मेवारी प्रचण्डको काँधमा आएकाले त्यसलाई पूरा गर्न भनेको गौतमका प्रेश संयोजक विश्वमणि सुवेदीले बताए ।
प्रचण्डसँगको भेटमा गौतमले भने, ‘हामीले पार्टी एकता कायम गर्दा नेतृत्व हामीले नै लिन पाउने छौँ । अर्को पार्टीले खेल्ने मौका पाउँदैन । अर्को पार्टीले खेल्न पायो भने त्यो देश र हाम्रो पार्टीका लागि दुर्भाग्य हुनेछ । पार्टी एकता कायम गर्ने सुनौलो मौका नगुमाउनु होला ।’
जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित पनि नरहेको तर अहिले कै अवस्थामा केपी शर्मा ओलीसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसक्ने बताए । ओलीले आत्मालोचना गरि राजीनामा दिनु पर्ने र सो कार्य पार्टी एकताका लागि हितकर हुने उनले बताए । गौतमलाई प्रचण्डले फेरी पनि ओली संग सहकार्य गर्नु भनेर कुन मुखले भन्नु सक्नु भयो भनेर घुमाउरो पारामा झपारेको श्रोतको भनाई छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij