Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

फोने पे र नमस्ते पेबीच क्युआर भुक्तानी सम्बन्धी सम्झौता

फोने पे र नमस्ते पेबीच क्युआर भुक्तानी सम्बन्धी सम्झौता


  • 2.2K
    Shares

    • images
    फोने पे र नमस्ते पेबीच क्युआर भुक्तानी सम्बन्धी सम्झौता
    images

    काठमाडौं । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोन पे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्ते पे’ बीच क्युआर भुक्तानी सम्बन्धी सम्झौता भएको छ । 

    सम्झौतापत्रमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले हस्ताक्षर गरेका छन् ।

    सम्झौतासँगै सबै नमस्ते पे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोन पे मर्चेन्टहरूमा फोन पे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्युआर भुक्तानी गर्न सक्छन् । सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोन पे का अधिकृत सापकोटाले फोन पे को नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
     
    नमस्ते पे प्रयोगकर्ताहरूले फोनपे क्युआर मार्फत पनि भुक्तानी गर्न सक्ने उनले बताए । नमस्ते पे सँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवद्र्धन गर्न थप मद्दत पुग्ने उनले बताए । 

    नमस्ते पे का अधिकृत पोखरेलले फोन पे सँगको सहकार्यले ग्राहकलाई निर्वाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १०:५८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij