Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

पत्रकार विक्रम रत्न सिन्धुली—२ बाट उम्मेदवार सिफारिस

पत्रकार विक्रम रत्न सिन्धुली—२ बाट उम्मेदवार सिफारिस


  • 771
    Shares

    पत्रकार विक्रम रत्न सिन्धुली—२ बाट उम्मेदवार सिफारिस
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको सञ्चार–सांस्कृतिक महाशाखा (पार्टी जिल्ला कमिटी)को शुक्रबार बसेको बैठकले उनको नाम सिफारिस गरेको हो ।

    महाशाखाका अध्यक्ष बुद्ध लोप्चनको अध्यक्षता तथा उपत्यका विशेष प्रदेश समितिका उपाध्यक्ष तथा महाशाखा इन्चार्ज निर्मल ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले रत्नको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको अध्यक्ष लोप्चनले जानकारी दिए ।

    कमलामाई नगरपालिका वडा नं। १२ का स्थायी बासिन्दा रत्न विगत डेढ दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् । सिन्धुलीस्थित रेडियो सिद्धबाबाबाट २०६९ सालमा पत्रकारिता सुरु गरेका उनी दस वर्षदेखि मुलधारको पत्रकारितामा क्रियाशील छन् । एबीसी टेलिभिजन, न्यूज एजेन्सी नेपाल लगायतका आधा दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव रहेका उनी हाल सौर्य दैनिक पत्रिकामा आबद्ध रहेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको सचिव रहेका पत्रकार रत्न नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको सहसचिव रहेका छन् ।

    पत्रकारिताको अलावा सामाजिक तथा राजनीतिक अभियानमा संलग्न पत्रकार रत्न भ्रष्टाचार तथा कुशासनविरुद्धको अभियान समेत सञ्चालन गर्दै आएका छन् । आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले देशभरबाट उम्मेदवार सिफारिस गरिरहेको छ ।

    पत्रकार रत्नले आफूलाई उम्मेदवार सिफारिस गर्ने निर्णयको स्वागत गर्दै आफू निर्वाचन लड्न तयार रहेको बताए । ’राजनीतिमा नव युवापुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक भइसकेको छ । र त्यसका निम्ति हामी तयार हुनुपर्ने भएको छ’, उनले भने, ’म सिन्धुली २ मा उम्मेदवारी दिन तयार छु’

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १५:५१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij