२०८२ माघ ११ गते आइतवार
काठमाडौं । नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन् । उनी आज विहान ७ बजेर ३० मिनेटमा गौतम निवास भैसेपाटी पुगेका हुन् ।
उक्त भेटमा गौतमले आफू एकताको पक्षमा रहेकोले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनु पर्ने जवाफ दिएको स्रोतले बताएको छ ।
यस अघि मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि गौतम पहिलोपटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।
खुमलटार स्रोतका अनुसार गौतमले प्रतिनिधि सभा पुनःस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गर्ने जिम्मा प्रचण्डकै काँधमा आएको छलफलका क्रममा बताएका थिए ।
"तपाईंले अब पार्टी एकताको आह्वान गर्नुस्," गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो, "अब बल तपाईंको कोर्टमा छ ।"
जवाफमा प्रचण्डले अझै केही दिन हेरौं भनेका थिए । सबै कुरा केपीजीको शैलीमा भर पर्छ । उहाँ अब कसरी अघि बढ्नुहुन्छ, त्यसरी नै आगामी बाटो तय हुन्छ ।"
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij