२०८२ माघ ११ गते आइतवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले बदर गरी संसद पुनःस्थापना गर्ने फैसला गरेपछि आगामी रणनीति बनाउन दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो।
आजै अपराह्न ४ः०० बजे उक्त समूहको संसदीय दलको अनौपचारिक बैठक पनि बस्दै छ। सांसदहरुसँगको बैठकअघि उक्त समूहले स्थायी कमिटी बैठक बोलाएको हो।
नेकपा ओली समूहको पनि बुधबार स्थायी कमिटी बैठक बसेको थियो। उक्त समूहले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको कार्यान्वयन गर्ने र अदालतले तोकेकै समयमा संसद बैठक आह्वान गर्ने निर्णय गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij