२०८२ माघ ११ गते आइतवार
काठमाडौं । चौतर्फी आलोचना र आफ्नो एजेन्डा ध्वस्त भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनेबारे परामर्श थालेका छन् । उनले त्यसबारे परामर्श गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उनलाई सबैले राजीनामा दिन सल्लाह दिएको श्रोतको भनाई छ।
नेकपा ओली समूहको स्थायी कमिटीको बैठकबारे जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ रु भन्ने प्रश्नमा ज्ञवालीले भने‘प्रधानमन्त्री जे गर्दा ठिक हुन्छ त्यही गर्ने विषयमा परामर्शमा हुनुहुन्छ ।’ मुलुकलाई अन्यौल र अनिर्णयमा राख्न नहुने पक्षमा ओली रहेको बताए ।
ज्ञवालीले छिट्टै प्रतिनिधि सभा बैठक डाक्न मन्त्रिपरिषदले सिफारिश गर्ने जानकारी दिए । सर्वोच्च अदालतको हिजोको फैसला अनुसार १३ दिनभित्र संसद बैठक बोलाउनै पर्छ। ज्ञवालीले सर्वोच्चको फैसलाको सम्मान गर्दै फैसला कार्यान्वयन गर्ने निर्णय गरने बताए ।
नेकपा एकीकरणको सम्भावना अझै रहेको उनले बताए । काँग्रेससँग सत्ता समिकरणका लागि प्रचण्ड र माधव नेपाल समूह दौडधुपमा लागेको भन्दै त्यस्तो भएमा एकीकरणको सम्भावना नरहने बताए । देउवा संग प्रचण्ड माधवले भेटेपछि थप आत्तिएका ओली राजीनामा दिने मुडमा रहेको श्रोतको भनाई छ। प्रधानमन्त्रीलाई कसैले फेरी हौस्याएन भने केही दिनमै राजीनामा दिने बालुवाटार श्रोतको भनाई छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij