२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन् । उनीहरु देउवासँगको छलफलका लागि बुढानिलकण्ठ नै पुगेका हुन् । प्रचण्ड, नेपाल र देउवाबिच २० मिनेट छलफल भएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको संसद विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाबारे उनीहरुबिच छलफल भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्ताव मार्फत हटाउने रणनीतिमा रहेका प्रचण्ड–नेपाल भावी राजनीतिक समिकरणका लागि कांग्रेसको साथको खोजीमा छन् ।
तीन नेताबीच आगामी दिनमा सहकार्यको प्रस्ताव गरेर अघि जाने भन्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । परिआए प्रधानमन्त्री बनिदिनु पर्ने र ओलीलाई अझै संकटमा पार्न सहयोग गर्नु पर्ने आशयको कुरा गरेको श्रोतले बतायो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij