Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन पेश गर्ने

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन पेश गर्ने


  • 1.9K
    Shares

    • images
    राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन पेश गर्ने
    images

    काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक आह्वान गरिएको छ।

    संघीय संसदका महासचिव डाभरतराज गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५ औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८/०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ।

    यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने कार्यसूची छ।

     

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - ०९:३१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij