Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुन आवश्यकः प्रचण्ड

देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुन आवश्यकः प्रचण्ड


  • 295
    Shares

    देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुन आवश्यकः प्रचण्ड
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले देशको स्वाधीनता, भू-अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुनुपर्ने बताएका छन्। शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले नेकपा (एमाले)का नेताहरुलाई मुलुक र नेपाली जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान समेत गरेका छन् । उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आफूले शुरुदेखि नै समर्थन गर्दै आएको उल्लेख गर्दै उनीहरुका जायज मागहरु सम्बोधन गर्न वाम एकता गरेको बताएका छन् ।

    उनले केहीले निर्वाचन जित्नको लागि मात्र एकता गरेको भन्ने टिप्पणी गर्ने गरेको भन्दै त्यो कुरामा कुनै सत्यता नरहेको बताएका छन्। उनले कृषि, शिक्षा, स्वास्थ्यमा क्रान्ती ल्याउनको लागि कम्युनिष्ट तथा गैरकम्युष्टि पार्टीहरुलाई मिलाएर लैजाने अभियानको थालनी गरिएको बताएका छन्।

    उनले भने, ‘म नेकपा एमालेभित्र रहेका सबै क्रान्तीकारी नेताहरुलाई पनि गहिरो गरी विचार गर्न, चिन्तन गर्न र वृहत शक्ति निर्माण गरेर यो राष्ट्रको रक्षा गर्ने, यसको स्वाधिनताको रक्षा गर्ने, भौगोलिक अखण्डता र नेपाली जनताको सार्वभौम सत्ताको रक्षा गर्ने कुरामा गम्भीर भएर धुव्रिकृत हुनको लागि हामी विषेश रुपले अपिल गर्न चाहान्छौं । यो सभामार्फत देशभरीका अन्य वामपन्थी क्रान्तीकारीहरुलाई पनि अब बिना कुनै पूर्वाग्रह  एउटा वृहत शक्ति निर्माण गरेर नयाँ समाजवाद निर्माणको संकल्पमा अगाडि आउन म अपिल गर्न चाहन्छु । म देशभरका देशभक्त जनतालाई पनि अपिल गर्न चाहान्छु।’

    उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेका छन् । आफूले संसद विघटन गर्दा ठिक भन्ने अहिले संसद पुनःस्थापनाको माग माग गर्दै ओली बेतुकको तर्क गर्दै हिँडेको उनको आरोप छ । 

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १६:५२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij