Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

दुईचार कौडीका भारतीय लेखकले गलत लेख्दैमा त्यसलाई गन्तीमा राख्न पर्दैनः रवि लामिछाने

दुईचार कौडीका भारतीय लेखकले गलत लेख्दैमा त्यसलाई गन्तीमा राख्न पर्दैनः रवि लामिछाने


  • 4.9K
    Shares

    दुईचार कौडीका भारतीय लेखकले गलत लेख्दैमा त्यसलाई गन्तीमा राख्न पर्दैनः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले भारतीय लेखकले नेपालको बारेमा गलत विषय लेखेको कुरा गन्तीमा राख्न लायक नरहेको टिप्पणी गरेका छन् ।

     ‘आदिपुरुष’ भारतीय चलचित्रको सन्दर्भलाई जोड्दै उनले नेपालको सार्वभौमिकता, अखण्डता इतिहासमा स्वर्ण अक्षरमा लेखिईसकेको बताएका हुन् ।

    ‘कुनै दुईचार कौडीको भारतीय लेखकले हाम्रा विषयमा गलत कुरा भन्यो भन्दैमा त्यसलाई हामीले कुनै गन्तीमा राख्न पर्दैन । नेपालको सार्वभौमिकता, नेपालको अखण्डता इतिहासमा लेखिएको छ । स्वर्ण अक्षरमा लेखिईसकेको छ । हामी हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामा गर्व गर्दछौं,’उनले भने ।

    काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले नेपालको बारेमा गलत सन्देश प्रवाह हुने गरी तयार भएको भारतीय फिल्म महानगर क्षेत्रका हलमा चल्न नदिने उद्घोण गरेका थिए । उनको उक्त उद्घोषसँग उच्च अदालतमा मुद्दा दायर भएको थियो ।

    उक्त अदालतले फिल्म चल्न दिनु भन्ने आदेश जारी गरेपछि बालेनले आफू जस्तोसुकै पनि सजाय भोग्न तयार रहेको तर अदालतको गलत निर्णय नमान्ने बताएका थिए ।

     

     

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १६:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij