Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

प्रतिनिधिसभा विघटन गर्न ओलीलाई अझै छ यस्तो सुबिधा, त्यो सुबिधा खोस्न प्रचण्डले बनाए यस्तो रणनिती 

प्रतिनिधिसभा विघटन गर्न ओलीलाई अझै छ यस्तो सुबिधा, त्यो सुबिधा खोस्न प्रचण्डले बनाए यस्तो रणनिती 


  • 13.5K
    Shares

    प्रतिनिधिसभा विघटन गर्न ओलीलाई अझै छ यस्तो सुबिधा, त्यो सुबिधा खोस्न प्रचण्डले बनाए यस्तो रणनिती 
    images

    काठमाडौँ । सर्वोच्च अदालतको फैसला आए लगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन दवाव दिईसकेका छन् ।

    प्रचण्डको दवाव अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएनन् भने के होला रु यसबेला सर्वाधिक चासोको विषय यही हो ।

    सर्वोच्चको फैसला अनुसार २३ फागुनभित्र प्रतिनिधि सभाको बैठक बस्नेछ । किनभने फैसलामा १३ दिनभित्र बैठक बोलाउन आदेश दिइएको छ ।
    प्रतिनिधि सभाको बैठक बस्नु अघि नै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएनन् भने पहिलो दिन नै उनलाई हटाउने योजना प्रचण्ड–माधव पक्षले बनाएको छ ।

    अस्ति ५ पुसमै प्रचण्ड–माधव समुहले प्रधानमन्त्री ओली बिरुद्ध संसद सचिवालयमा अविस्वास प्रस्ताव दर्ता गरिसकेको छ ।

    सभामुख अग्नी सापकोटाको सचिवालयमा कार्यरत एक सदस्यका अनुसार प्रतिनिधि सभाको पहिलो बैठक बसेकै दिन प्रधानमन्त्री ओलीमाथिको अविस्वासको प्रस्ताव टेवुल गरिनेछ ।

    अविस्वासको प्रस्ताव टेवुल गर्न बिलम्व गरेमा ओलीले विस्वासको मत लिने प्रक्रिया सुरु गर्न सक्छन् । विस्वासको मत लिने प्रक्रिया पुरा भएमा प्रधानमन्त्री ओलीलाई संविधान अनुसार संसद विघटन गर्न पाउने अधिकार छ ।

    ओलीले त्यो अधिकार प्रयोग गर्न नपाउनु भनेरै प्रतिनिधि सभाको बैठक सुरु भएकै दिन उनी माथि दर्ता गरिएको अविस्वासको प्रस्ताव टेवुल गर्न लागिएको हो ।

    सभामुखको सचिवालयमा कार्यरत ति सदस्यका अनुसार यस बारेमा प्रचण्ड र सापकोटाबीच टेलिफोन संवाद भइसकेको छ ।
    भन्छन्, ‘सर्वोच्चको आदेश अनुसार बैठक डाकिएको पहिलो दिनमै प्रधानमन्त्री ओलीमाथिको अविस्वास प्रस्ताव पेश हुनेछ । त्यसपछि उनी स्वतः प्रधानमन्त्री पदबाट मुक्त हुनेछन् ।’

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - १३:५४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij