२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउन सुझाव दिएका छन् । दलका नेताहरुबीच पालैपालो कुर्सी साटासाट गर्नुमा समय खेर फाल्नुभन्दा प्रमुख दलहरुको संयुक्त सरकार बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
गत आमचुनावपछिको नेपाली राजनीतिको दिशा र गति झन् उत्तारचढावपूर्ण भएको भन्दै उनले प्रमुख दलहरुको संयुक्त सरकारको विकल्प अघि सारेका हुन् । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र जटिल बन्दै गएको भूराजनीतिकको कुशल व्यवस्थापन गर्न पनि संयुक्त सरकारको खाँचो रहेको बाबुरामको तर्क छन् ।
आमचुनाव पछि राजनीतिको दिशा र गति झन्नझन्न उतारचढावपूर्ण बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन । विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण–भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्’, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
बेलैमा संयुक्त सरकार बनाएर राष्ट्रिय जिम्मेवारी पूरा नगरे ‘समयले कसैलाई नपर्खने’ उनको भनाइ छ । ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रकृयाका बाँकी कामको समापन, थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला कि ?’, उनी भन्छन्, ‘नत्र समयले कसैलाई नपर्खन सक्छ !’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij