२०८२ माघ ११ गते आइतवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले पनि स्थायी कमिटि बैठक बोलाएको छ। बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटि बैठक बोलाइएको नेता बेदुराम भुषालले जानकारी दिए ।
उनका अनुसार राजधानीमा उपलब्ध रहेका स्थायी कमिटि सदस्यहरुलाई बैठकमा बोलाइएको हो। प्रचण्ड–माधव समूहले आजै साँझ ४ बजे संसदीय दलको बैठक पनि बोलाएको छ।
ओली समूहको स्थायी कमिटि बैठक अहिले बालुवाटारमा बसिरहेको छ । संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि आगामी रणनीति तय गर्न नेकपाका दुवै समूह सक्रिय बनेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij