Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रास्वपाको निम्ता स्विकार्दै चियापानमा प्रचण्डसहित शीर्ष नेताहरू सहभागी (तस्बिरहरु)

रास्वपाको निम्ता स्विकार्दै चियापानमा प्रचण्डसहित शीर्ष नेताहरू सहभागी (तस्बिरहरु)


  • 3.0K
    Shares

    रास्वपाको निम्ता स्विकार्दै चियापानमा प्रचण्डसहित शीर्ष नेताहरू सहभागी (तस्बिरहरु)

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी भएका छन् । 

    रास्वपाको कार्यालय वनस्थलीमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित विभिन्न पार्टीका शीर्ष नेता र मन्त्रीहरू समेत सहभागी भएका हुन् । 

    कार्यक्रममा मन्त्रीहरू नारायणकाजी श्रेष्ठ, धनराज गुरुङ, मोहन बस्नेत तथा नेताहरू डा.बाबुराम भट्टराई, सुवास नेम्वाङ, विष्णु पौडेल, महन्थ ठाकुर, जनार्दन शर्मा,पशुपति शमशेर जबरालगायत सहभागी भएका हुन् ।  यस्तै कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसीलगायत सहभागी भएका छन् । 

    उक्त कार्यक्रममा चियापानमा दही, चिउरा, मकैभटमास, तरकारी, योमरी लगायतका परिकार विभिन्न राखिएको थियो । 

    यसअघि रास्वपा अध्यक्ष रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरुको भेटघाटलाई लिएर आफूले चिया खुवाउने बताएका थिए । लामिछाने नेतृत्वको पार्टी गत २०७९ साल असार ७ गते गठन भएको थियो ।

    5.JPG

    6.JPG

    1.JPG

    4.JPG2.JPG

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १६:०९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij