२०८२ आश्विन २७ गते सोमवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनका लागि तयार भएको कुरा मतपत्रमा जाहेर हुन थालेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जाहेर हुन थालेको बताएका हुन्।
सभापति लामिछानेले त्यसको स्पष्ट संकेत देखिसकेको बताए। उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताए। रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको उनको तर्क थियो।
‘अत्यन्त सकारात्मक र ऊर्जावान नेपाली जनताले आशा र भरोसाका रुपमा हेरेको यात्राका रुपमा मैले पाएको छु। सुरुवात गर्दा हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यतिधेरै हेक्का थिएन’, उनले भने, ‘समाजले परिवर्तन खोजेको छ भन्ने कुरा हामीलाई थियो।
रविले साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको कुरा मतपत्रबाट नै जाहेर गर्छ भन्ने संकेतका रुपमा घन्टी बजि सकेको छ। यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो। यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु।’
सञ्चारकर्मीसँगको संवादका क्रममा सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए।
उनले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए। दुई जनालाई पार्टी प्रवेश गराउन सके खुशीको कुरा हुने उनले बताए।
‘यो त राम्रो हुन्थ्यो त्यस्तो साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहाना छँदैछ। चाहना अनुरुप अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनु भयो भने हाम्रो तर्फबाट त सय प्रतिशत सकारात्मक छौँ। हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ।
रविले बालेन्द्र शाह र हर्क साम्पाङ कामको प्रशंसा गर्दै चुनाव लड्दादेखि निरन्तर उहाँहरुको राम्रो काममा सघाउन निरन्तरता दिएकै जस्तो लाग्छ’, उनले भने, ‘त्यो आफैँमा राम्रो संकेत बन्नसक्यो र हुन सकेछ भने हाम्रो लागि त्यो खुशीको कुरा हुनेछ।’
उनले देशमा नेतृत्वको अभाव रहेको कुरा महसुस गरेको भन्दै नेतृत्व विकासको सिप प्रयोग गर्न पार्टीमा आएको बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij