२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा नेता समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अहिलेको सबै भन्दा उत्तम विकल्प प्रधानमन्त्रीको राजीनामा नै रहेको बताएका छन् ।
कुराकानीको क्रममा नेकपाको ओली खेमाका स्थायी कमिटि सदस्य गुरुङले सर्वोच्च अदालतको फैसला मान्नु पर्ने र सो आधारमा ओलीले पदबाट राजीनामा दिँदा सबैका लागि हित हुने बताएका हुन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका उनले भने, ‘संसद विघटनका सम्बन्धमा सर्वोच्चको फैसला आएको छ । त्यसलाई मान्नुको विकल्प छैन । अहिलेका लागि सबैभन्दा राम्रो भनेको प्रधानमन्त्री ज्यूले नैतिकताका आधारमा राजीनामा दिनु नै हो । त्यसपछि बरु संसद फेस गर्न पनि सजिलो होला ।’
उनले नेकपा अहिले वैधानिक रुपमा विभाजित नभएकाले अबको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कसरी गर्ने छन् भन्ने हेर्न बाँकी रहेको र उनीहरुको नेतृत्व शैलीकै आधारमा पार्टीको भविष्य निर्धारण हुने बताए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मंगलबार असंवैधानिक ठहर गर्दै १३ दिन भित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij