२०८२ माघ ११ गते आइतवार
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछिको परिस्थितिको बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकिएको हो । बैठकले पार्टीको आगामी रणनीति तय गर्ने स्थायी कमिटीका एक सदस्यले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीसँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छन् । सर्वोच्चले मंगलबार विघटनविरुद्धको मुद्दामा प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला गरेपछि प्रधानमन्त्री ओली नैतिक रुपमा संकटमा परेका छन् ।
सर्वोच्चले फैसला सुनाएदेखि नै प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीमाथि दबाब बढेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij