Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपालले कमरेड भनेपछि उपेन्द्र यादव मख्ख 

माधव नेपालले कमरेड भनेपछि उपेन्द्र यादव मख्ख 


  • 2.5K
    Shares

    माधव नेपालले कमरेड भनेपछि उपेन्द्र यादव मख्ख 

    काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रम भइरहेको छ । घोषणा सभालाई मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।

    यही क्रममा सम्बोधन गर्न पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्बोधन गर्ने क्रममा कमरेड भन्न पुगे । त्यसपछि जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव अलमलमा परे ।  बीच आसनमा रहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलमलमा परे । एकैछिनमा मुसुमुसु हाँस्न थाले । 

    हाँसो हलभरि फैलियो । खचाखच हलबाट हल्ला आएपछि अध्यक्ष नेपाल अलमलिए । उनले भने, ‘के भने हँ मैले के भने ? हलबाट आवाज आयो– उपेन्द्र कामरेड 

    त्यसपछि मुस्कुराउँदै नेपालले भने– सँगसँगै काम गर्दै आएका कमरेड नै हो । 

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १७:१६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij