Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आलु प्याजमा लगाइएको भ्याटबारे अर्थमन्त्रीले दिए प्रष्टीकरण

आलु प्याजमा लगाइएको भ्याटबारे अर्थमन्त्रीले दिए प्रष्टीकरण


  • 2.2K
    Shares

    • images
    आलु प्याजमा लगाइएको भ्याटबारे अर्थमन्त्रीले दिए प्रष्टीकरण
    images

    काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनमा मद्दतसँगै नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको स्पष्ट पारेका छन् । मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन् । 

    महतले भने, ‘हामी कृषिप्रधान देश भन्छौँ, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौँ । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै सङ्गठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन ।’

    ‘अर्थतन्त्रको जीवनमा विराटनगर माथि थियो, अहिले तल झरेको छ । मलाई विश्वास छ, विराटनगर पूर्वको आर्थिक हबको रूपमा विकसित हुन्छ’ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यो क्षेत्रको विकास, यो क्षेत्रको व्यापार व्यवसाय र उद्योग प्रवर्द्धनका लागि नेपाल सरकार सम्पूर्ण रूपले साथमा रहन्छ ।’

    कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या धेरै रहेको बताए । 

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १६:५६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij