Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


  • 883
    Shares

    जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
    images

    बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सन्तराम समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ  । 

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १२:३९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij