Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै, संसदीय दलकाे बैठक पनि आजै

प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै, संसदीय दलकाे बैठक पनि आजै


  • 5.6K
    Shares

    प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै, संसदीय दलकाे बैठक पनि आजै
    images

    काठमाण्डौ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै छ ।

    काठमाण्डौ उपत्यकाबाहिर अहिले ८ बजेदेखि विजय जुलुस निस्कने यो समूहको केन्द्रीय संघर्ष समितिले जनाएको छ । काठमाण्डौमा भने दिउँसो १२ बजे शान्तिवाटिकामा विजय जुलुस हुने समितिले जनाएको छ ।

    शान्तिवाटिकाको जुलुसमा यो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

    सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थपना गर्ने फैसला गरेपछि चितवनको आमसभा स्थगित भएको छ। दुबै अध्यक्षहरू केहीबेरमा काठमाडौं आउँदै छन्।

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - १०:५७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij