२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको खुशीयालीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पत्रकार सम्मेलन गरेका छन् ।
संसद पुनर्स्थापनाको फैसलालाई दुवै नेताले जनताको जीत भनेका छन् । अध्यक्ष नेपालले सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला स्वागतयोग्य भएको बताउँदै जनताको जित भएको फेसबुकमा समेत लेखेका छन् ।
प्रचण्ड पुत्री गंगा दाहाले सामाजिक सञ्जालमा तस्वीर राख्दै बधाई लेखेकी छिन् । ‘प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो ।,’ उनले लेखेका छन् ।
उनले थपेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij