२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बैठक सोमबार बिहान ७ बजे घडी घरमा बस्ने गरी तय भएको छ ।
असार ७ गते पार्टीले स्थापना दिवस मनाउँने भएको छ त्यसैको तयारीका लागि बैठक बोलाइएको उनले बताए । रास्वपाले पार्टी स्थापना दिवसका अतिरिक्त राजनीतिक कार्यदिशा, कार्यक्रममाथि पनि छलफल गर्दैछ।
पार्टी स्थापना दिवसकै दिन दस्तावेज सार्वजनिक गर्ने तयारी गरिए पनि पुनर्लेखन गर्नुपर्ने आवाज उठेपछि थप छलफल गर्ने भएको छ। महामन्त्री ढकाल नेतृत्वको नीति तथा विचार विभागले राजनीतिक दस्तावेज तयार पारेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij