Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन

मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन


  • 2.3K
    Shares

    • images
    मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन
    images

    काठमाडौँ । मधेश प्रदेश सभामा पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ । विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन गरिएको हो । 

    प्रदेश सभामा एक बढी सांसद रहेका ७ दलले एक/एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो । जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ ।सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा समितिका सभापति चयन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् । त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा सङ्कर प्रसाद कलवार, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

    सचिवालयका अनुसार प्रदेश सभा मामिला र कृषि बाँकी छ । 

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - ११:३५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij