Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला


  • 6.3K
    Shares

    प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

    सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याइदिएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै आज संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएकाे हाे।  प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेकाे संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेकाे हाे। 

    फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बाेलाउन आदेश समेत दिइएकाे छ।  संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, तेजबहादुर केसी, सपना मल्ल प्रधान र विश्वम्भर श्रेष्ठ थिए। पाँचै न्यायाधीशले सर्वसम्मत ऐतिहासिक फैसला सुनाएका हुन्।

    उक्त निर्णयविरूद्ध सर्वाेच्च अदालतमा १३ रिट दर्ता भएका थिए। विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा पुस ८ गतेदेखि सुनुवाइ सुरु भएको थियो।

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १८:४७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij