२०८२ पौष ११ गते शुक्रवार
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय-व्यय विवरण (बजेट) पेश गरेको छ।
यो चालु आर्थिक वर्षकोभन्दा कम हो। चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो। संघ सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान घट्दा र आन्तरिक राजश्व वृद्धि नहुँदा प्रदेश सरकारको बजेट खुम्चिएको हो।
गण्डकीका अर्थमन्त्री जीतबहादुर आले मगरबाट प्रस्तुत बजेटमा चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख कुल ३८.१ प्रतिशत विनियोजन गरिएको छ भने पूँजीगततर्फ कुल बजेटको ६० प्रतिशतभन्दा बढी अर्थात् २० अर्ब १९ करोड ६० लाख छुट्याइएको छ।
बजेटको स्रोतको रुपमा नेपाल सरकारबाट समानीकरण ७ अर्ब ६२ करोड २५ लाख, आन्तरिक स्रोतबाट ५ अर्ब १६ करोड ८१ लाख रुपैयाँलाई लिइएको छ। सरकारले चालु आर्थिक वर्ष करिब ३ अर्ब खर्च नहुने र बाँकी १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत उठाउने घोषणा गरेको छ।
<iframe src="https://drive.google.com/file/d/1t8peH9phjPmtDvOP3HSDMD_H0dQ_iWLv/preview" width="640" height="480" allow="autoplay"></iframe>
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij