Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

भिमसेन थापा गाउँपालिकामा एक दिने किट जन्य रोग नियन्त्रणका तथा निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न

भिमसेन थापा गाउँपालिकामा एक दिने किट जन्य रोग नियन्त्रणका तथा निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • 2.1K
    Shares

    • images
    भिमसेन थापा गाउँपालिकामा एक दिने किट जन्य रोग नियन्त्रणका तथा निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न

    गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिकामा एक दिने किट जन्य रोग नियन्त्रणका तथा निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ७ पिपलटारमा गाउँपालिका र वडाको संयुक्त आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

    बर्खा याममा लामखुट्टे र मलेरीयाको प्रकोप बढ्न थालेपछि बाताबरणमा दैनिक फैलिदै आएको डेङगु र किट जन्य रोगको नियन्त्रण निवारण गर्ने उदेश्यले गाउँपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको उनले बताए । 

    अघिल्लो बर्षमा डेङ्गुमा कारण धेरै मानिस बिरामी भएकाले पालिकाले पुर्ब सुचना स्वरुप बहु अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

    घर वरपर रहेका पानी जम्ने खाल्टा खुल्टी, फोहोरको भाँडा ,टायर, फुलदानी आदिलाई सफा गर्ने, लामो लुगा लगाउने ,बिहान र साँझपख बाहिर ननिस्कने आफु बस्ने वरपर सफा राखी किटजन्य रोगको नियन्त्रण गरि डेङ्गु बाट आफुपनि बच्ने र अरुलाईपनि बचाउन सिकाईएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खनालले बताए।

    बर्खा याममा लामखुट्टे र मलेरीयाका प्रकोप बढ्न थालेपछि वडा नम्बर ७ र ८ लाई बिशेष लक्षित गरी गाउँपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

    वडा नम्बर ७ का अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष बिष्णु श्रेष्ठ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खनाल लगायले मन्तब्य राखेका थिए ।

     

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १५:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij