Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

सहकारी बैंकले गर्‍यो १५ हजार सदस्यलाई संरक्षित पुँजी कोष फिर्ता

सहकारी बैंकले गर्‍यो १५ हजार सदस्यलाई संरक्षित पुँजी कोष फिर्ता


  • 1.9K
    Shares

    सहकारी बैंकले गर्‍यो १५ हजार सदस्यलाई संरक्षित पुँजी कोष फिर्ता
    images

    काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले १५ हजार सदस्यलाई संरक्षित पुँजी कोष फिर्ता गरेको छ । बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूलाई रकम बाँडफाँट गरेको हो । 

    सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुसार बिहीबार कोष बाँडफाँड गरेको बैंकले कूल १८ करोड ५५ लाख १२ हजार ६१५ रुपैयाँ फिर्ता गरेको हो । 

    यस्तो कोष फिर्ता सदस्य सहकारी सङ्घ संस्थाले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारका आधारमा रकमको बाँडफाँड गरिएको बैंकले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १४:२७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij