Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची सार्वजनिक

रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची सार्वजनिक


  • 806
    Shares

    रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची सार्वजनिक
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।

    रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

    रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन ।

    सूचीमा नाम समावेश नगरिएकाहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने रास्वपाले जनाएको छ ।

    समानुपातिकतर्फका आकांक्षीबाट आवेदनका लागि प्रति व्यक्ति ५० हजार शुल्क तोकिएको थियो। त्यस अनुसार रास्वपाले दुई करोड ७ लाख रुपैयाँ संकलन गरेको छ ।

     

    RSP_page-0001.jpgRSP_page-0002.jpgRSP_page-0003.jpgRSP_page-0004.jpgRSP_page-0005.jpgRSP_page-0006.jpgRSP_page-0007.jpgRSP_page-0008.jpgRSP_page-0009.jpg

     

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १०:४९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij