२०८२ पौष ११ गते शुक्रवार
चितवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका–९ टिकौली जङ्गल नजिक दुर्घटना भएको हो । दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अङ्कित महतो घाइते भएका थिए ।
घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अङ्कितको सोही अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij