२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिस पछि राष्ट्रपतिले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताएका छन् ।
मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij