२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएको छ। सभापति शेरबहादुर देउवा उपचारका लागि मंगलबार सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ।’
खड्का कांग्रेसबाट नेतृत्व गरेर सरकारमा उपप्रधान एवम् रक्षा मन्त्री रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij