Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मध्य भोटेकोशी जलविद्युतको दुई आर्थिक वर्षको बार्षिक साधारण सभा असार २० गते, के–के छन् एजेण्डा ?

मध्य भोटेकोशी जलविद्युतको दुई आर्थिक वर्षको बार्षिक साधारण सभा असार २० गते, के–के छन् एजेण्डा ?


  • 2.9K
    Shares

    मध्य भोटेकोशी जलविद्युतको दुई आर्थिक वर्षको बार्षिक साधारण सभा असार २० गते, के–के छन् एजेण्डा ?

    काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको १० औँ र ११ औँ वार्षिक साधारण सभा असार २० गते गर्ने निर्णय गरेको छ । 

    कम्पनीको जेठ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको ३०४ औँ बैठकले सभाको मिति र स्थान तय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विहान ११ बजेबाठट सुरु हुने कम्पनीले जनाएको छ । 

    सभाले आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

    सञ्चालक समिति सदस्यको निर्वाचन गर्ने र विभिन्न संस्थाहरूलाई आर्थिक सहायता दिएको रकम अनुमोदन गर्ने विषय पनि सभाका लागि तय गरिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

    बुक क्लोजको आधारमा असार ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

     

     

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १२:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij