२०८२ भाद्र २ गते सोमवार
सुदूरपश्चिम प्रदेशसभा बैठक मंगलबार (भोलि) सम्मका लागि स्थगित भएको छ। सोमबार दिउँसो ३ बजे बसेको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेपछि एक घण्टा सरेको थियो।
सुदूरपश्चितम प्रदेश सभा सचिवालयका अनुसार अब अर्को बैठक मंगलबार (भोलि) बिहान ११ बजेका लागि तोकिएको छ। प्रदेश सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको थियो।
कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा एमालेले मन्त्रिपरिषद्को निर्णयको माग गर्दै सोमबारको बैठक अवरुद्ध पारेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij